|

काठमाडौं :  संसारभर ३० करोड मानिस भोकै रहेको भन्दै संयुक्त राष्ट्र संघ खाद्य (डब्लुएफपी)का प्रमुख डेभिड बेस्लेले संसारभरका अर्बपतिहरुसँग सहयोग माग गरेका छन्।

उनले अर्बपतिहरुसँग सहयोगको याचना गर्दै भोका व्यक्तिहरुका लागि सहयोगको आह्वान गरेका हुन्। बेस्लेले संयुक्त राष्ट्र सुरक्षा परिषदमा बोल्दै यदि भोका व्यक्तिलाई समयमै सहयोग गर्न सकिएन भने उनीहरुको जीवन रक्षा गर्न नसकिने बताए। उनका अनुसार यसअघि विश्वभर झण्डै २७ करोड मानिस भोकै रहने गरेको तथ्यांक रहेकोमा हाल १३ दशमलब ८ प्रतिशतले भोकाहरुको संख्या वृद्धि भएको बताए।

उनले संसार भोकमरीमा रहेका व्यक्तिलाई एक वर्षको लागि खाद्यान्नको व्यवस्था गर्न झण्डै ५ बिलियन डलरको आवश्यकता रहेको समेत बताए।  विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीको सहयोग भएन भने उनीहरुलाई बचाउन नसकिने बेस्लेको भनाइ छ। उनले संसार भरका २ हजार अर्बपतिहरुको कमाई ८ ट्रिलियन डलर रहेको भन्दै यस्ता व्यक्तिहरुबाट सहयोगको अपेक्षा रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.