|

धनगढी : कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ वर्षीया पत्रकार निर्मला पहराई मृत फेला परेकी हुन्।

पहराई घोडाघोडी नगरपालिका ५ को जंगलमा शुक्रबार रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

पहराई भदौ २१ गतेबाट सम्पर्कविहीन भएकी थिइन्। मृत्युको कारण भने नखुलेको छैन। पहराई रेडियो कैलालीमा समाचार वाचीकाको रूपमा कार्यरत थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.