दुई महिना बढी समय दिँदा पनि लापरवाही गरियो

|

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरूको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन्। 

साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अगाडी बढेको भएपनि ठेकेदारहरूले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्‍नु उचित नहुने बताएका छन्। 

विषमता ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडी बढाउँदा पनि ठेकेदारहरूका लागि समस्या उत्पन्‍न भएको उनले बताएका छन्। 

'टेण्डर गरेर दुई तीन महिना समय दिइएको थियो। त्यसमा सम्झौता गर्न आएनन्। सम्झौता गरेपछि एलसी गर्न आएनन्', उनले भने एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्‍यो। सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ। असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आए र वितरण गर्नुपर्ने थियो। साल्ट ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ। त्यसैले कोरोनाका कारण समस्या भएको होइन।'

मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेति भएकाले मलको माग पनि बढी भएको बताए। कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेति पनि बढेको उनले बताए। विगतमा किसानहरूले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफै ल्याउने गरेपनि यो वर्ष लक डाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाई छ। 

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्‍न सिफारिस गरिएको छ। कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै सैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई कालोसूचीमा राख्‍न सिफारिस गरेको हो। 

दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्रअनुसार २५-२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.