|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त'का सुरक्षा गार्डलाई कोरोना भाइरस संक्रमण भएको छ। आज आएको रिपोर्टमा सुरक्षागार्डलाई कोरोना पुष्टि भएपछि मन्त्री पुन सरकारी निवास पुल्चोककै होम आइसोलेसनमा बसेका छन्।

प्रेस सल्लाहकार दयानीधि भट्टका अनुसार मन्त्री पुन, उनका परिवारका सदस्य, सचिवालयका सबै सदस्य, पिएसओ र निवासको सुरक्षामा खटिएकासहित ३० जनामा पिसिआर परीक्षण गर्दा सुरक्षागार्डमा संक्रमण पुष्टि भएको हो। 

'सुरक्षागार्ड संक्रमित मन्त्रीज्यू निवासमै आइसोलेसनमा बस्‍नु भएको छ', भट्टले भने, 'सुरक्षागार्डको सम्पर्कमा आएका अरुको परीक्षण हुनेछ। कन्ट्याक्ट ट्रेसिङ पनि सुरू भइसकेको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.