|

भोजपुर : यहाँको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको शनिबार बिहान विराटनगरमा निधन भएको छ। हतुवागढी-४ फलाम ढुङ्गाकी ४७ वर्षीया राईको निधनको पुष्टि गाउँपालिकाले गरेको छ।

उपाध्यक्ष राईको आज बिहान ४ बजे विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले बताए।

गाउँमा बिरामी परेपछि सुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएकी उनलाई थप उपचारका लागि विराटनगर लगिएको थियो। अध्यक्ष राईका अनुसार उनी सामान्य ज्वरो र पखालाबाट बिरामी परेकी थिइन्। बिरामी भएपछि जन्डिससमेत देखिएर गम्भीर बिरामी भएकी उपाध्यक्ष राईलाई तत्कालै विराटनगर लगिएको थियो। 

गाउँमा केही सन्चो भएर डिस्चार्ज भएकी उनी फेरि विरामी परेकी  थिइन्। तत्कालीन नेकपा एमालेबाट विजयी उनलाई रक्तचाप घटेर खाना अरुचि भएपछि उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। 

त्यहाँबाट विराटनगर सारिएकी उनको त्यहीँ निधन भएको हो। उनको निधनमा गाउँपालिकाले दु:ख व्यक्त गरेको छ। राईको दाहसंस्कारबारे गाउँपालिकाको कार्यालयमा बैठक डाकिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.