थप ११ संक्रमितको मृत्यु, कुल मृतक संख्या ४०१ पुग्यो
थप ११ संक्रमितको मृत्यु, कुल मृतक संख्या ४०१ पुग्यो
काठमाडौं : बितेको २४ घण्टामा देशभर थप १२ सय चार जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार आज देशभरबाट १४ सय ४७ संक्रमित डिस्चार्ज भएका छन्।
आज देशभर सक्रिय संक्रमित १७ हजार १ सय २९ जना छन्। त्यस्तै आजको पिसिआर १० हजार ३ सय ३३ रहेको गौतमले जनाए।
संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ८ सय ७८, बागमती प्रदेशमा ५ हजार २ सय २३ र गण्डकी प्रदेशमा ८ सय ३७ जना संक्रमित रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन।
यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८९, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार २ सय ९१ र गण्डकी प्रदेशमा १ सय ८७ जना संक्रमित रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ६ सय ९७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ सय ८९ गरी देशभरी ७ हजार ९ सय ७६ संक्रमित होम आइसोलेसनमा रहेका छन। यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन्।
आज १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन। आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ९ सय ६१, प्रदेश नम्बर २ मा १२ हजार ७४, बागमती प्रदेशमा १० हजार ५ सय ३६ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन। यस्तै प्रदेश नम्बर ५ मा ७ हजार २ सय ७, कर्णाली प्रदेशमा २ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ९५ गरी देशभरी ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको कोरोनाकै कारण मृत्यु पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको छ।
मृत्यु हुनेमा ७ महिला र ४ जना पुरुषको कोरोनाबाट छन्। आज मोरङमा ६५ वर्षिया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया तथा ललितपुरमा ७६ र ६८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षिया महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै, ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षिय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुष गरी ४ जनाको मृत्यु भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।