बालगोपालेश्‍वर मन्दिर यो तिहारमा खुल्ने

|

काठमाडौं : रानीपोखरीमा पानी भर्न सुरु गरिएको छ। सुन्दरीजल र बागमतीको पानीलाई पाइपबाट ल्याएर शनिबारदेखि रानी पोखरीमा पानी हालिएको हो।

भोलिसम्म साँझसम्म रानीपोखरी पूरै  भरिने गरी पानी हाल्न थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

पोखरीमा अहिले १ करोड पानी आकाशबाट जम्मा भएको छ। २ करोड २२ लाख लिटर पानी नदीबाट ल्याएर भरिने पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजु मान मानन्धरले बताए।

रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर छ। जसको ९ फिट गहिराइसम्ममा पानी भरिएको छ। रानीपोखरी निर्माणका काम सकिएकोले पानी भर्न थालिएको उनले जानकारी दिए।

बाल गोपालेश्‍वर मन्दिरको निर्माण पनि सकिएको छ। मन्दिरको गजुर हाल्न मात्र बाँकी रहेको उनले जानकारी दिए। उनले भने, 'गजुरमा सुनको जलप लगाउन मात्र बाँकी छ। जलप लगाइ सकेपछि मन्दिरको निर्माण पनि सम्पन्‍न हुन्छ।'

यस पटकको तिहारमा मन्दिर निर्माण सक्ने योजनामा प्राधिकरण लागेको छ। तिहारको भाइटीकामा दिदीभाइ नहुनेहरुले टीका लगाउने चलन छ। २०७२ वैशाख १२ गतेको भूकम्पपछि क्षतिग्रस्त भएको पोखरी लामो समय अलपत्र परेपछि अब नयाँ स्वरुप लिन लागेको छ।

मल्लकालीन ऐतिहासिक पोखरीबीचमा रहेको बाल गोपालेश्‍वर मन्दिरको पनि अहिले पुन:र्निर्माण अन्तिम चरणमा पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.