|

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७११ जनालाई कोरोना संक्रमण भएको छ। देशभरमा गरिएको १० हजार ३ सय ३३ पीसीआर परीक्षणमा काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका हुन्।  शनिबार देशभरमा १२ सय चार जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल संस्थागत आइसोलेसनमा देशभरी ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत छन्। 
यसैगरी, होम आइसोलेसनमा ७ हजार ९ सय ७६ संक्रमित छन्। यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन्। 

आज १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन। हालसम्‍म  देशभर ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.