|

ओखलढुंगा : ओखलढुंगाका एक आगलागीपीडितलाई कोरियामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन्।  मानेभञ्ज्याङ गाउँपालिका-३ उँबुका आगलागीपीडित भूमिराज राईलाई रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपालीले आर्थिक सहयोग गरेका हुन्।

कोरियामा रहेका उँबुका युवाको संस्था उँबु चौरास समाज दक्षिण कोरियाको अगुवाइ र ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको समन्वयमा १ लाख २८ हजार रुपैयाँ सहयोग गरेको उँबुका आगलागीपिडित भूमिराज राईलाई हस्तान्तरण गरेका छन्।

सहयोग संकलनमा फडिन्द्र अधिकारी, एम वि थुलुङलगायतको नेतृत्वदायी भूमिका रहेको जितेन मुख्खाचोले जानकारी दिए। कोरियाबासी नेपालीले पीडित परिवारलाई थप सहयोगका लागि अपिल गरेका छन्। गत भदौ १३ गते भएको आगलागीमा राईको घरसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको थियो।

तीन हप्ताअघि मात्रै घर तथा सम्पूर्ण अन्नपात जलेर घरवारविहीन भएका राईले सहयोग रकम आफूलाई केही राहत भएको बताएका छन्। राहतपश्‍चात अहिले राईले आफ्नो घरको जगहाल्ने काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.