|

सर्लाही : कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिको माग राख्दै सर्लाहीको लालबन्दी र हरिवनमा विशाल प्रदर्शन गरिएको छ।

शनिबार दिउँसो हरिवनमा सयौँको संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए। वर्तमान सरकारले आम नेपाली जनताको चहानामाथि कुठाराघात गरेको प्रदर्शनमा उत्रिएकाले आरोप लगाएका थिए। 

र्‍यालीमा सहभागीहरुले घिसिङको फोटोसहित ‘हाम्रालाई हैन, राम्रालाई, कुलमान घिसिङ जिन्दावाद’ जस्ता नाराअंकित प्लेकार्ड प्रदर्शन गरेका थिए। हरिवनको कडरिया चोकबाट कृष्ण चोकसम्म विभिन्न नाराबाजीसहित पदयात्रा गरेको जुलुस कोणसभामा परिणत भएको थियो।

त्यस्तै लालबन्दीमा पनि (शनिबार) बिहान प्रदर्शन गरिएको थियो। स्थानीयले पूर्वपश्चिम राजमार्गमा नाराबाजीसहित र्‍याली गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.