युएईमा राम्रो छैन मुम्बईको रेकर्ड

|

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं सिजन आजबाट युएईमा सुरु हुँदै छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र चेन्‍नई सुपर किङ्सबीच अबुधावीमा प्रतिष्पर्धा हुँदैछ।

प्रतियोगिताको इतिहासमा यी दुई टिमबीच चौथो पटक ओपनिङ भिडन्त  हुन लागेको हो। दुई टिमबीच भएका अघिल्ला तीन ओपनिङ भिडन्तमा २ पटक मुम्बई र एक पटक चेन्‍नईले जित हासिल गरेका छन्।

५३ दिन चल्ने आईपिएल भिडन्तमा ८ टिमले समान १४-१४ खेल खेल्ने छन्। प्रतियोगितामा एक इलमिनेटर दुई क्वालिफायर र फाइनल गरी कुल ६० खेल हुने छन्। यी सबै भिडन्त दुबई (२४), अबु धाबी (२०) तथा शारजाह (१२) मा प्रतिष्पर्धा हुने छ।

युएईमा मुम्बईको खराब रेकर्ड

आईपीएलको एल क्लासिकोका रुपमा परिचित मुम्बई र चेन्नई सर्वाधिक सफल टीम हुन्। त्यसैले यी दुईबीचको भिडन्तलाई आईपीएलको एल क्लासिकोका रूपमा समेत लिने गरिएको छ। गत सँस्करणको फाइनलमा मुम्बईले चेन्‍नईलाई रोमाञ्चक रुपमा १ रनले पराजित गरेको थियो।

तर युएईमा भने मुम्बईको इतिहास राम्रो छैन। लोकसभा चुनावका कारण २०१४ मा युएईमा आईपीएलका २० खेल भएका थिए। जहाँ मुम्बईले पाँच खेल खेल्दा सबैमा पराजित भएको थियो।

चेन्‍नईको ५ मा ४ जित

सिएसकेले ६ वर्षअघि युएईमा भएका ५ खेलमध्ये ४ खेलमा जीत निकालेको थियो। मुम्बई आईपीएलमा ७ पटक ओपनिङ खेल खेल्ने एक्लो टिम बन्दै छ। यसअघि कोलकाताले ६ पटक ओपनिङ खेल खेलेको थियो।

हेड टु हेड

दुई टिमले अहिलेसम्म आईपीएलमा एक अर्काविरुद्ध ३० खेल खेलेका छन्। जसमा सर्वाधिक १८ पटक चेन्‍नई र १२ पटक मुम्बईले जित निकालेको छ। जसमा दुई खेल च्याम्पियन्स लिग टी-२० पनि रहेका छन्।

रैना र हरभजनबिना चेन्‍नई

यो पटक धोनीको सीएसकेमा टप स्कोरर सुरेश रैना तथा सर्वाधिक विकेट टेकर हरभजन सिंह मैदानमा हुने छैनन्। यो महिनाको सुरुवातमा सीएसकेका दुई खेलाडी दीपक चाहर तथा रितुराज गायकवाड समेत १३ जनामा कोरोना पोजेटिभ देखिएको थियो। रितुराज बाहेक सबै ठीक भइसकेका छन्। यो मामलापछि रैना प्रतियोगिता छोडेर देश फर्किए। उनी युएई नआई नाम फिर्ता लिएका थिए।

रैनाले अहिलेसम्म १९३ खेलमा ५३६८ रन बनाएका छन्। विराट कोहलीको ५४१२  पछि उनी दोस्रो नम्बरमा छन्। त्यस्तै हरभजन सिंह टिमको सर्वाधिक विकेट टेकर हुन्।  उनले अहिलेसम्म कुल १६० खेलमा १५० विकेट लिएका छन्।

मुम्बईमा मालिंगाको अभाव बुमराहमा विश्वास

श्रीलंकाका तिब्र बलर लसिथ मालिंगाले १२२ खेलमा सर्वाधिक १७० विकेट लिएका छन्। यद्यपि कोरोनाका कारण उनले पहिलेनै प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्।

यस्तोमा कप्तान रोहीत शर्माले जसप्रित बुमराहमा विश्वास देखाउन सक्ने छन्। उनले मालिंगाको अभाव पूरा गर्ने कप्तानको विश्वास रहेको छ। बुमराहले ७७ खेलमा ८२ विकेट लिएका छन्।

धोनी र रोहित आकर्षण

यो खेलमा चेन्‍नईका धोनी र मुम्बईका रोहित सर्वाधिक मँहगा खेलाडी हुन्। उनीहरुसँगै बढी अपेक्षा गरिएको छ। दुबैलाई आ-आफ्नो टिममा समान १५-१५ करोड मिलेको छ। त्यसपछि चेन्‍नईका सुरेश रैना र मुम्बईका हार्दिक पाण्डेयलाई समान ११-११ करोड दिएको छ। जबकी रैनाले खेल छाडिसकेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.