|

काठमाडौ  : थाहाखबरकर्मी किशोर गौतम र हास्यकलाकार सुवोध गौतमलाई पितृशोक परेको छ। आइतबार बिहान करिब ९ बजे ओखलढुंगास्थित आफ्नै निवासमा पिता शिव प्रसाद गौतमको असामयिक निधन भएको हो।

तत्कालीन नेकपा एमालेका सक्रिय कार्यकर्ता गौतम १० वर्षदेखि दम रोगबाट ग्रसित थिए। उनको ६ महिनादेखि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो। गौतमका एक श्रीमती, चार छोरा र दुई छोरी छन्। 

शोकको यस घडीमा थाहाखबर परिवार दिवंगत शिवप्रसाद गौतमप्रति हार्दिक श्रद्धाञ्‍जली प्रकट गर्दछ। शोकको यस घडीमा परिवारजनमा समवेदना प्रकट गर्दछौं। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.