|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेकपा सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालय पेरिस डाँडा पुगेका छन्। पार्टी एकतापछि पार्टी कार्यालयको अवलोकन गर्न एकपटक पुगेका ओली यो पटक भने बैठकमा सहभागी हुन त्यहाँ गएका हुन्। 

निकै लामो रस्साकस्सीले पछि नेकपा विवाद मथ्थर भएपछि ओली बालुवाटार बाहिर निस्किएका हुन्। यस अघि प्रधानमन्त्री निवासमै सचिवालय र स्थायी कमिटी बैठक बस्दै आएको थियो।​

यसैबीच नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन एवम् विभिन्न प्रदेशमा मुख्यमन्त्री फेरबदलबारे समेत छलफल हुने जनाइएको छ। 

हेर्नुहोस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.