|

जुम्ला :  गत भदौ २९ गतेदेखि अनशनरत डा. गोविन्द केसीलाई शनिबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याइएको छ। 

डा. केसीलाई शनिबार राति जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी निरीक्षक नेतृत्वको टोलीले उपचारका लागि प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय महेन्द्र कार्कीले बताए। 

कार्कीले भने, ‘राति म घर गएको थिएँ। प्रहरी आएर जबर्जस्ती लगेछन्।  कार्कीका अनुसार डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए। तर डाक्टर केसीले अस्पताल जान मानेका थिएनन्। 

डा. केसी जुम्ला सदरमुकामबाट केही पर एकान्तमा रहेको बाबिरा मष्टोको मन्दिरमा ७ दिनदेखि अनशनरत थिए। डा. केसीको मागमा समर्थन गर्दै जुम्लाका युवाले शनिबार साँझ दीप प्रज्वलनदेखि हस्ताक्षर कार्यक्रम गरेका छन्। डा. केसीको निगरानी गर्न चार जना चिकित्सकको टोली खटाइएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए। 

उनका अनुसार प्रतिष्ठानमा लगिएका केसीले स्लाइन लिन र प्रेसर चेकजाँच गर्न पनि मानेका छैनन्। उनको स्वास्थ्य अवस्था भने बिग्रँदै गएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.