|

काठमाडौं : मदन पुरस्कार गुठीले वि.सं. २०७६ को जगदम्बा श्री पुरस्कार गायिका तथा संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ। 

गुठीको आइतवार बसेको बैठकले ६ दशकदेखि नेपाली गीत-संगीत क्षेत्रमा क्रियाशील ठटाललाई जगदम्बाश्री दिने निर्णय गरेको हो।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार नेपाली गीत-संगीत क्षेत्रको उन्‍नयनमा उनले खेलेको विशिष्ठ भूमिकाको सम्मान गर्दै यो पुरस्कार दिने निर्णय गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.