कात्तिकसम्म साउन-भदौको तलब र चाड खर्च दिन माग

|
फाइल तस्बिर

काठमाडौं : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले विभिन्‍न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। इस्टुले आइतबार नियमित तलबको माग र कर्मचारी कटौतीको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

इस्टुका अध्यक्ष होमकुमार थापाले कात्तिक पहिलो सातासम्ममा श्रावण, भाद्र, असोज महिनाको र चाडबाड खर्च अनिवार्य भुक्तानी गर्ने माग राखेर आन्दोलन कार्यक्रम सार्वजनिक गरिएको बताए।

भुक्तानी गर्न नसक्ने विद्यालयहरूको हकमा शिक्षक,कर्मचारीहरूको सम्पूर्ण तलब रकम सरकारले बेहोरी शिक्षक,कर्मचारीको उचित व्यवस्थापन गर्दै विद्यालय समायोजन एवम् एकीकरणमा लानुपर्ने उनीहरुले माग गरेका छन्। 

कार्यक्रम अनुसार ९ असोजमा सम्बन्धित पालिकाहरुमा ज्ञापनपत्र दिने, निजी तथा संस्थागत विद्यालय संगठन (प्याब्सन) र निजी तथा आवासीय विद्यालय एसोसिएसन(एन प्याब्सन)का सबै तहमा स्मरण पत्र दिइने छ।  

असोज ११ देखि १३ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संसाधन विकास केन्द्र, श्रम मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम दिने र १५ असोजमा सबै महानगरपालिका र उपमहानगरपालिका धर्ना दिइने कार्यक्रम छ।

त्यस्तै असोज १८ गते देशभरका प्रमुख शहरहरूमा विरोध र्‍याली र कोणसभा गर्ने कार्यक्रम तय गरिएको छ। थप दोस्रो चरणको कार्यक्रम भने पछि तय गर्दै जाने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.