|

दैलेख : नौमुले गाउँपालिका–१ मालुभिर भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। दैलेख–नौमुले सडक निर्माण कार्यकालागि प्रयोग गरिएको ना.७.त १२१६ नम्बरको ट्रयाक्टर दिउसो तीन बजे तिर दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैन बहादुर साउदका अनुसार सहचालक नौमुले गाउँपालिका नन्द बस्नेत घाइते भएका छन्। मृत्यु हुनेमा दुल्लु नगरपालिका–९ धामिगाउँका कविराम पुरी रहेका उनले बताए। 

घाइते सहचालक नन्द बस्नेको नौमुले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। सडक निर्माणका लागि ढुंगा ओसारपसार गरिरहेको ट्रयाक्टर सडकबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु भएका पुरीको शव पोस्टमार्टमका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.