|

डडेल्धुरा : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध किंग्स इलावेन पञ्जावले टस जितेर बलिङ रोजेको छ। दिल्ली र पञ्जावबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु भएको छ। 

आइपिएल २०२० को आफ्नो पहिलो म्याचमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ–११ मा मौका पाउन असफल भएका छन्। किंग्स इलावेन पञ्जावविरुद्ध सन्दीपले प्लेइङ–११ मा उनले मौका पाउन असफल भएका हुन्। सन्दीपयो पटक पनि दिल्ली क्यापिटल्सबाट आइपिएल खेलिरहेका छन्।

दिल्लीले पहिलो म्याचमा विदेशी खेलाडीका रूपमा मार्कस स्टोइनिस, एनरिच नर्खिया, कागिसो रबाडा र शिमरोन हेटमायरलाई मौका दिएको छ। यूएईमा पञ्जाबको टोलीले अहिलेसम्म एक खेल पनि हारेको छैन। सन् २०१४ मा टोलीले त्यहाँ सबै ५ खेलमा जीत हासिल गरेको थियो। साथै पञ्जाबले पछिल्लो तीन सिजनमा आफ्नो पहिलो खेल जित्दै आएको छ।

दिल्लीको प्लेइङ–११ ः शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर ९कप्तान०, ऋषभ पन्त, शिमरोन हेटमायर, आर अश्विन, मार्कस स्टोइनिस, कगिसो रबाडा, एनरिच नार्त्जे, मोहित शर्मा र अक्षर पटेल।

पञ्जाबको प्लेइङ–११ ः केएल राहुल ९कप्तान०, एम अग्रवाल, करुन नायर, निकोलस पूरन, सरफराज खान, ग्लेन म्याक्सवेल, क्रिस जोर्डन, कृष्णप्पा गौतम, सेल्डेन कोटरेल, मोहम्मद शामी र रवि बिश्नोई।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.