|

पर्वत : पर्वतमा भारत वा तेस्रो मुलुकबाट गृह जिल्लामा आएकाहरूलाई अबदेखि १४ दिन वा स्वाब परीक्षणको रिपोर्ट नआउने बेलासम्म सदरमुकाममा बस्नु नपर्ने भएको छ। 

लकडाउन सुरु भए लगत्तै विदेशबाट आएका जो कोहीलाई पनि सदरमुकाम कुस्मामा रहेको शिवालय मावि, होटेल वन्दना र ब्लु एन्जलस रिसोर्टमा राखिएको सामुदायिक क्वारेन्टाइनमा अनिवार्य रूपमा बस्नै पर्ने नियम राखिएको थियो।

लकडाउनको अवस्था खुकुलो बन्दै जाँदा सार्वजनिक सवारी पनि सञ्चालनमा आएपछि जिल्लामा भित्रिनेहरूको सङ्ख्या बढी हुँदा पुलिन क्वारेन्टाईनले जनघनत्व धान्न नसक्ने भएकोले सिधै स्थानीय तहमा जान पाउने नियम बनाइएको हो।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) प्रवक्ता तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीका अनुसार सार्वजनिक यातायात र आन्तरिक हवाई उडानसमेत खोलेपछि काठमाडौँलगायत ठाउँबाट एकै रातमा मानिस पर्वत जिल्लामा आइपुग्ने भएकोले जिल्लामा राखेर कन्ट्याक्ट ट्रेसिङ गर्न कठिनाइ हुने भएकोले यो निर्णय गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.