|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ। 

गएराति भएको खेलमा दिल्लीले पंजावविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित दर्ता गरेको हो। निर्धारित २० ओभरको खेलमा दुवै टिमको रन बराबर भएपछि खेलको निर्णय सुपर ओभरबाट गर्नुपरेको हो।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको पंजावले दुई विकेट गुमाएर मात्रै २ रन बनायो। जवाफी ब्याटिङमा गएको दिल्लीले पहिलो बलमा वाइडमार्फत् एक रन जोड्यो। दोस्रो बलमा ऋषभ पन्तले २ रन जोड्दै दिल्लीलाई रोमाञ्चक जित दिलाए। यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो। 

उसका लागि मार्कस स्टोइनिसले २१ बलमा सर्वाधिक ५३ रनको योगदान गरे । जवाफी ब्याटिङमा आएको पंजावले पनि पूरा २० ओभर खेल्दै समान ८ विकेट नै गुमाएर १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो। पंजावका मयंक अग्रवालले सर्वाधिक ८९ रन जोडेका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.