|

दाङ : बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्।

गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, नौवटा बाल विकास केन्द्र र एउटा निजी विद्यालयमा आइतबारदेखि पठनपाठन सुरु भएको हो। गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्द्रदेखि कक्षा ५ सम्म पठनपाठन सुरु गर्ने निर्णयअनुसार पठन पाठन सुरु भएको गाउँपालिकाले जनाएको छ।

त्यसैगरी कक्षा ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर सञ्चालन गरिने तयारी भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा शिशुदेखि कक्षा ५ सम्म ४ हजार ९७६ विद्यार्थी रहेका छन्। गाउँपालिकामा जम्मा ७ हजार २५४ जना विद्यार्थीहरु रहेका छन्।

नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्थी  सिकाइ सहजीकरण निर्देशिका २०७७ को गाइडलाइन अनुसार गाउँपालिकाले पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए। लामो समय सम्म लकडाउन भएपछि विद्यार्र्थीहरुको पढाई अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठनपाठन सुरु गरिएको उनले बताए। 

बंगलाचुलीमा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। ती सबै निको भएर डिस्चार्ज भएपछि अहिले संक्रमण शून्य रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.