|

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण एक कैदीको मृत्यु भएको छ। 

सुर्खेतको गुर्भाकोट नगरपालिका ४ सहारेका ५८ वर्षीय पुरुषको आज विहान साढे ६ बजे मृत्यु भएको हो। भदौ २१ गते कोरोना पुष्टि भएपछि उनी भदौ २२ गतेदेखि भेरी अस्पताल नेपालगञ्जको आइसोलेसनमा उपचाररत थिए। 

कर्तब्य ज्यान मुद्दामा सुर्खेत कारागारमा रहेका उनलाई उपचारका लागि बाँके कारागारमार्फत भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनी दमका दीर्घ रोगी पनि रहेको अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.