|

झापा : नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (टे«डमार्क)मा नेपाली चिया निर्यात हुने भएको छ। ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अंकित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए।

‘कार्यविधि बनेर लोगो कार्यान्वयनको चरणमा पुगेको छ,’ उनले भने, ‘पहिलो चरणमा देशभरका १२ वटा कम्पनीले लोगो पाउँदैछन्।” अधिकारले मापदण्ड पूरा गरेर क्रमशः अन्य उद्योगलाई पनि लोगो प्रदान गरिने बताए।

स्वास्थ्य, वातावरणीय, पर्यावरणीयलगायतका मापदण्ड पूरा गरेपछि मात्र लोगो पाउने उनले बताए। हाल प्रदान गरिने लोगो अर्थोडक्स चियाका लागि हो। लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने प्रमुख अधिकारी बताउँछन्।

‘कानूनी मान्यताप्राप्त लोगो नहुँदा नेपाली चियाले विदेशमा त्यति धेरै विश्वास आर्जन गर्न सकेको थिएन,’ उनले भने, ‘लोगो कार्यान्वयनमा आएपछि नेपाली चिया क्षेत्रमा धेरै फाइदा पुग्नेछ।’ विदेश निर्यात हुने कृषि जन्य वस्तुमा चिया प्रमुख बालीमा पर्छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.