|

काठमाडौं : देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमितलाई आयुर्वेदिक जडिबुटी औषधी प्रयोग गर्न नदिएको बिषयलाई लिएर नेपाल आयुर्वेद चिकित्सक संघले आपत्ति जनाएको छ।

अहिले कोरोना संक्रमितको उपचारको लागि आयुर्वेदिक औषधी प्रभावकारी मानिएको छ। तर, कतिपय अस्पताल तथा आइसोलेसन सेन्टरले विभिन्न बहानामा आयुर्वेद औषधी नदिएको गुनासो आएको बताउदै संघले आपत्ति जनाएको हो।

संघले  विज्ञप्ती जारी गर्दै अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार गराइ रहेका संक्रमितहरुले आयुर्वेदिक औषधी सेवन गर्न चाहेको तर विविध कारण देखाई औषधी नदिएको गुनासो आइरहेको जनाएको छ। समस्यालाई चाडैँ हल गर्नलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ।

‘आधारभूत मानव अधिकार रक्षा गरि बिरामीले चाहेको आयुर्वेद जडिबुटी औषधि आयुर्वेद चिकित्सकको रेखदेखमा खान पाउने व्यवस्था सुनिश्चित गरि उपचार पाउने संविधान प्रदत्त मौलिक हक रहेको छ, विज्ञप्तीमा भनिएको छ, ‘चाहेको उपचार लिन पाउने आधारभूत मानव अधिकारबाट कसैलाई वञ्चित नगरियोस्।’

साथै, संघले आयुर्वेद विधिको बारेमा पर्याप्त जानकारी र सुचना सम्प्रेषण गर्नको लागि सञ्चार माध्यमलाई आग्रह समेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.