|

डडेल्धुरा : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल)को १३औँ सिजनको तेस्रो खेलमा सोमबार आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) र सनराइजर्स हैदरावाद खेलिरहेका छन्।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोर आफ्नो पहिलो खेलका लागि मैदान उत्रिएका छन्। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु भएको छ। हैदरावादले बैंग्लोरविरुद्ध टस जितेर गरेको छ।

आइपिएल इतिहासमा आरसिबी धेरै पटक फाइनलमा पुग्दा पनि उपाधि जित्न सकेको छैन। तर, हैदरावादले भने एक पटक आइपिएल ट्रफी हात पारिसकेको छ।

पछिल्ला पाँच म्याचमा दुबै टिमले समान दुईमा हार र दुई खेलमा जित हासिल गरेका छन्। आरसिबी र हैदरावादविरुद्धको एक खेल भने वर्षाका कारण रद्द भएको थियो।

यो पटक हैदरावादमा डेविड वार्नर कप्तान रहेका छन्। आरसिबीमा भने विराट कोहली नै टिमको नेतृत्व गर्ने छन्। अघिल्लो संस्करणको नतिजा हेर्दा दुई टिमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। 

यस संस्करणमा दुबै टिमलाई उपाधिको दाबेदार मानिएको छ। दुबै टिममा नाम चलेका खेलाडीहरु छन्। वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादसँग राशिद खान, भुवनेश्वर कुमार, जोनी बेयर्सटो, मनिस पाण्डे, विजय शंकर, मोहमद नाबीजस्ता खेलाडी छन्।

यता, बैंग्लोरमा कोहलीसँगै एबी डी भिलियर्स, आरोन फिन्च, मोइन अली, क्रिस मोरिस, युजवेन्द्र चाहल, उमेश यादव, वाशिङटन सुन्दर जस्ता खेलाडी छन्।

आरसिबीकोप्लेइङ ११

आरोन फिन्च, देवदत्त पाडक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, जोश फिलिप, शिवम दुबे, वाशिङटन सुन्दर, डेल स्टेन, उमेश यादव, नवदीप सैनी र युजवेन्द्र चहल।

​हैदरावादको प्लेइङ ११ 

डेविड वार्नर (कप्तान), जोनी बेयरिस्टो (विकेटकिपर), मनीष पाण्डे, विजय शंकर, प्रियाम गर्ग, अभिषेक शर्मा, मिशेल मार्श, राशिद खान, भुवनेश्वर कुमार, थांगारासु नटराजन र सन्दीप शर्मा ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.