|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि जनसम्पर्क समिति समन्वय विभाग विस्तार गरेका छन्। १३औँ अधिवेशन भएको ६ महिनाभित्र गरिसक्नुपर्ने विभाग गठनको काम देउवाले १४औँ महाधिवेशन आउन ५ महिना बाँकी छँदा विस्तार गरेका हुन्। देउवाले सोमबार ३४ सदस्यीय विभाग विस्तार गरेका हुन्।   

पार्टीभित्र देउवाविरूद्व टिकाटिप्पणी भइरहेका बेला  उनले नयाँ विभागमा मनोनयन गरेका हुन्। विभाग गठन, सदस्यता वितरण लगायतका विषयमा देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल तथा संस्थापन इतर समूहले देउवाको कार्यशैलीको विरोध गरिरहेको छ।

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागमा सोमबार सदस्यहरु नियुक्ति गरेका हुन् ।

कोको भए नियुक्त 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.