|

काठमाडौं : यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई दिने निर्णय भएको छ।

प्रेस काउन्सिल नेपालले हरेक वर्ष प्रदान गर्ने पुरस्कारमध्ये गोपालदास पत्रकारिता पुरस्कार सबैभन्दा प्रतिष्ठित पुरस्कार हो। एक लाख ५१ हजार राशीको सो पुरस्कार मंगलबार प्रेस काउन्सिलको ५१ औं स्थापना दिवसको अवसरमा प्रदान गर्नेछ। काउन्सिलले पुरस्कार पाउनेहरुको विवरण सोमबार सार्वजनिक गरेको छ।

काउन्सिलले यो वर्ष प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका पत्रकार अर्जुन बोहरालाई प्रदान गर्ने भएको छ। सो पुरस्कारको राशी एक लाख १० हजार रुपैयाँ छ।

त्यस्तै ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई दिने निर्णय भएको छ। २० हजार राशीको क्रियाशिल पत्रकारीता पुरस्कार रिपोर्टस क्लबका अध्यक्ष ऋषी धमलासहित, गोविन्द क्षेत्री, राजन कार्की, उमेश श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ र नितु पण्डितलाई दिने निर्णय भएको काउन्सिलले जनाएको छ।

१५ हजार रुपैयाँ राशीको युवा पत्रकारिता पुरस्कार १४ जनाले पाउने भएका छन्। नेपालफेस डटकमका सम्पादक माधव पौडेलसहित सटेन्द्र जबेजु, सुरेशचन्द्र अधिकारी, गणेश चौधरी, गिरिजा अधिकारी, राजु विक, कमला श्रेष्ठ, राजन सिंह, देवीकुमारी गुरुङ, रेणु पराजुली, दीपेन्द्र वली, शेरबहादुर थापा, राधिका कँडेल र शान्ता कमलीलाई युवा पत्रकारिता पुरस्कार दिने निर्णय भएको छ।

साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन त्रैमासिक तथा भाषागत पत्रकारिता पुरस्कार गणेश राईले पाउने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.