किशोरकिशोरीमा झन् जटिल मानसिक तनाव

|
समाचार प्रतिनिधि फोटो

काठमाडौं :  ४.३ प्रतिशत वयस्कहरुमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणबाट यस्तो नतिजा देखिएको हो। सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ।

परिषद्ले सन् २०१९ देखि सन् २०२० सम्म गरेको मानसिक स्वास्थ्य सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो। परिषद्ले सोमबार सर्वेक्षणको नतिजा सार्वजनिक गरेको थियो।

सर्वेक्षणमा सातवटै प्रदेशका १५ हजार ८८ जना सहभागी भएको बताए। उनले सहभागीमध्ये ९ हजार २०० जना १८ वर्षमाथिका वयस्क भएको जानकारी दिए। सर्वेक्षणमा ५ हजार ८८८ जना भने १३ देखि १७ वर्षसम्मका किशोर किशोरी थिए।

सर्वेक्षणले ३ प्रतिशत वयस्कमा उदासीनताको समस्या देखिएको पाइएको छ। यस्तै ६.५ प्रतिशत बयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको देखिएको छ।

यस्तै ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेको कारण र ०.२ प्रतिशत बयस्कमा मादक पदार्थ बाहेक अन्य कुनै प्रकारका नसालु पदार्थ सेवन गरेको कारण मानसिक स्वास्थ्य समस्या भएको पाइयो।

बागमती ५.९ प्रतिशतमा मानसिक समस्या

यस्तै सर्वेक्षणले बागमती प्रदेशका वयस्कहरुमा सबैभन्दा धेरै अर्थात ५.९ प्रतिशतमा मानसिक समस्या रहेको देखाएको छ। उमेरगत रुपमा हेर्दा ४० देखि ४९ वर्ष उमेर समूहका ६.३ प्रतिशत वयस्कमा यस्तो समस्या भएको समेत देखिएको छ। त्यसैगरी वयस्क उमेर समूहभित्र महिला र पुरुषको तुलना गरेर हेर्दा ५.१ प्रतिशत महिलामा र ३.४ प्रतिशत पुरुषमा मानसिक समस्या थियो।

बाग्मती प्रदेशका लगभग ६ प्रतिशत वयस्कमा मानसिक समस्या रहेको अध्ययनले बताएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले हालै गरेको एक अध्ययनमा प्रदेशहरूमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा हाल ५ दशमलव ९ प्रतिशत वयस्कमा मानसिक समस्या रहेको पाइएको हो।

परिषदले भर्खरै सार्वजनिक गरेको मानसिक स्वास्थ्य सर्वेक्षण रिपोर्टका अनुसार १० प्रतिशत वयस्कमा आफनो जीवनकालको कुनै न कुनै समयमा र ४ दशमलव ३ प्रतिशत वयस्कमा हालको समयमा मादक पदार्थका कारण पनि मानसिक समस्या भएको देखिएको छ।

शून्य दशमलव २ प्रतिशत वयस्कमा अन्य नशालु पदार्थको सेवनका कारण मानसिक समस्या भएको पाइएको परिषद्ले जनाएको छ। वयस्क महिला र पुरुषको तुलनामा महिलामा बढी मानसिक समस्या पाइएको छ। वयस्क महिलामा ५ दशमलव १ प्रतिशत र पुरुषमा ३ दशमलब ४ प्रतिशतमा मानसिक समस्या पाइएको छ।​

किशोर किशोरीमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा ५ दशमलब २ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको पाइएको छ। यसैगरी प्रदेशगत हेर्दा सबैभन्दा बढी प्रदेश १ मा ११ दशमलब ४ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको पाइएको छ।

यसैगरी उमेर समूह हेर्दा १६ वर्षका किशोर किशोरीमा मानसिक समस्या बढी पाइएको छ। १६ वर्षका ७ दशमलब ७ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको पाइएको परिषदले सार्वजनिक गरेको अध्ययनले जनाएको छ।

परिषदले जनवरी २०१९ देखि जनवरी २०२० सम्म गरेको ‘मानसिक स्वास्थ्य सर्वेक्षण’ को रिपोर्ट आज स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, परिषदमा कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवाली, यसैगरी परिषदका अध्यक्ष डा अन्जनी कुमार झा लगायतको उपस्थितिमा भर्चुअल मिटिङ मार्फत सार्वजनिक गरिएको हो।

सातै प्रदेशमा गरिएको मानसिक स्वास्थ्य सर्वेक्षणमा १५ हजार ८८ जनाको सर्वेक्षण गरिएको थियो। ९ हजार २ सय १८ वर्ष माथिका वयस्क थिए भने ५ हजार ८८८ जना १३ देखि १७ वर्षसम्मका किशोर किशोरी सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.