|

काठमाडौं : रामेछापलाई केन्द्रबिन्दु बनाएर २ वटा परकम्प गएको छ। बिहान ९ बजेर २२ मिनेट जाँदा ४.६ र १० बजेर ६ मिनेटमा ४ .७ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

परकम्पको धक्का रामेछाप, सोलुखुम्बु, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, ओखलढुंगा, काभ्रेपलान्चोक र काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।

सोमबार बिहान ९ बजेर २२ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु सदरमुकाम मन्थलीदेखि दक्षिणतर्फ सुलपाटी नजिक थियो भने १० बजेर ६ मिनेटमा गएकव भूकम्पको केन्द्रविन्दु सुलपाटीको उत्तरतर्फ थियो।

यो कम्पन गत वर्ष वैशाख १२ गतेको गोरखा भूकम्पकै परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। २०७२ साल बैशाख १२ गते गएको भूकम्पपछि ४ रेक्टर स्केल भन्दा माथिका ४ सय ७७ वटा परकम्प गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.