|

सुनसरी : धरान उपमहानगरपालिकाको कर अबदेखि ई–सेवामार्फत भुक्तानी गर्न सकिने भएको छ। 

उपमहानगरपािलकाको सम्पत्ती, भूमि, व्यवसाय, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क ई–सेवाबाटै भुक्तानी गर्न सकिने छ। ई–सेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ। यस्तै, एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका ई–सेवा जोन तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सक्नेछन्।

ई–सेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले भने, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोडिड १९ को महामारीका बेला घरबाटै सेवा लिदा अझ सजिलो र सुरक्षित बनाउनेछ।’

नगरबासीले दुई तरिकाबाट ई–सेवा मार्फत भुक्तानी गर्न सक्नेछन्। सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराई लगइन आइडी लिनुपर्नेछ। त्यसपछि इसेवाको मोबईल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर ई–सेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.