काठमाडौं : चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।
हुम्लाको नाम्खा गाउँपालिका-६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमि मिचेको समाचार बाहिरिए पछि सरकारले पनि यसबारेमा चासो देखाएको छ।
चीनले भन्यो : नेपाली भूमि मिचेको छैन, भवन हाम्रै क्षेत्रमा बनेका छन् |
हुम्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोली स्थलगत निरीक्षणका लागि गएपनि चिनियाँ पक्षले आफ्नो भूमिमा भवन निर्माण गरेको बताएको थियो। यस्तै चिनियाँ दूतावासले पनि विज्ञप्ती निकालेर आफ्नै भूमिमा भवन निर्माण गरेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।