|

काठमाडौं : चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको जनाएको छ। नेपालका सञ्चारमाध्यमहरुमा हुम्लाको लाप्चास्थित नेपाली भूमिमा ९ वटा भवन चीनले निर्माण गरेको खबर आएसँगै यस्तो प्रतिक्रिया आएको हो।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियाओलोंगले विज्ञप्ती जारी गर्दै चीनले नेपालसँगको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिरहेको दाबी गरेका छन्। 

‘चीन र नेपाल मैत्री छिमेकी हुन्। चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ', दूतावासले भनेको छ, 'सञ्‍चारमाध्यमले उल्लेख गरेका भवनहरू चीन-नेपाल सीमानाको चिनियाँ भूभागतर्फ रहेको प्रमाणित गरिएको छ।'

चीनले ती भवन निर्माणको स्थानबारे प्रमाणित गर्न पनि नेपाली पक्षलाई आग्रह गरेको छ। ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्दछ। नेपाल र चीनबीच कुनै सीमा विवाद छैन', उनले भनेका छन्, 'दुवै पक्षले जहिले पनि सीमा मामिलामा नजिकबाट सञ्‍चार कायम गरिरहेका छन्।'​

नेपाली पक्षले ११ नम्बर पिल्लर समेत गायब बनाएर चीनले सीमाबाट २ किलोमिटर भित्र नेपाली भूमिमा ती भवन बनाएको छ। तर चिनियाँ पक्षले भने ती भवन बनाएको स्थानभन्दा एक मिलोमिटर भित्र नेपाली भूमि पर्छ। 

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीलाई चिनियाँ पक्षले उक्त भूभाग आफ्नो नक्सामा कायम रहेको जवाफ दिएको छ। त्यहाँ पुगेको नेपाली टोलीलाई चिनियाँ सेनाले माइकिङ गर्दै हट्न दबाब पनि दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.