पीडित भन्छन्ः सरकारले बेलैमा व्यवस्थापन गरोस्

|

काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ धुम्थाङमा गएको पहिरोले चिनि माया थामीको घरबार बगायो। उनी अहिले दाताले सहयोग गरेको टेन्टमा जीविका चलाउँदै आइरहेकी छिन्। 

‘पहिरोले घर बगायो। अहिले दाताले दिइएको टेण्टमा अस्थायी रुपमा बसोबास गरिरहेका छौँ। अन्यत्र जाने ठाउँ कहीँ छैन। भएको पहिरोले लगिहाल्यो’ उनले दुखेसो पोखिन्। 

उनको जस्तै समस्या सोही ठाउँका रामकृष्ण भण्डारीको पनि छ। पहिरोले घरबार लग्यो। आफ्नो ज्यान बाँचेकालाई अहिले बर्षायातको समयमा छाक टार्नै मुस्किल परिरहेको उनी सुनाउँछन्। 

पहिरोले घर खेत बगाएर लग्यो। अन्यत्र जाने थलो छैन। अब कहाँ कसरी गएर आफ्नो र आफ्नो परिवारको सुरक्षा गर्ने उनलाई पिरोलिएको छ। ‘यही टेण्टमा बर्षा त जाला। तर, अब हिउँद लागिसकेको छ। चिसोमा कसरी बसौँ यही’ उनले भने। 

जिम्मेवार निकायले बाढी पहिरो पीडितको तत्कालै व्यवस्थापन गर्नुपर्ने उनले बताए। ‘सरकारले केही गर्ला कि भन्ने आश छ। तर, अरु ठाउँको पीडितको अवस्था हेर्दा हाम्रो पनि त्यस्तै अवस्था हुने होकि जस्तो लाग्छ’ उनले थपे।

भदौ २८ गते राति गएको पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ भने १५ जना अझै बेपत्ता भएका छन्। 

बाढी पीडितलाई न्यानो वितरण

राष्ट्रिय युवा संघ, सिन्धुपाल्चोक संघीय क्षेत्र नम्बर १ कमिटीले बाह्रविसे नगरपालिका जम्बु र नाग पुजेका बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ। संगठनका संयोजक सुमित काफ्लेको नेतृत्वमा बुधबार बाढी प्रभावित क्षेत्रमा पुगेर राहत हस्तान्तरण गरेको हो।

बाढी–पहिरोका कारण घरबार भएका बाह्रबिसे ५, ७ र ८ का ५८ घरलाई संघले न्यानो सिरक वडाध्यक्ष मीनबहादुर श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरेको हो। साथै, महिलाहरुको लागि स्यनिटरी प्याड र स्थानीय विद्यालयलाई माक्स समेत हस्तान्तरण गरेको छ।

राहत संकलनमा टेको फाउन्डेसन, लायन्स क्लबले सहयोग गरेको संयोजक काफ्लेले बताए। ‘पहिरो पीडितलाई खाद्यन्न लगायतको सामाग्री अन्य दातृ निकायबाट पनि उपलब्ध भइसकेको छ। अहिले मौसम परिवर्तनसँगै चिसो याम बढ्दै छ। त्यसैले हामीले न्यानो सिरक वितरण गरेका हौँ’ उनले भने। 

न्यानोले राहत 

दुःखको बेलामा युवा संघले न्यानो सिरक वितरण गरेपछि केही भएपनि राहत मिलेको पहिरो पीडित कालुमान थामी बताउँछन्। ‘पहिरोले घरबार बगाएर बसेका हामीलाई न्यानो सिरकले केही सहयोग मिलेको छ’  उनले भने, ‘खाद्यन्न सामाग्रीहरु अरुबाट पनि पाइएको छ। तर, चिसो बढेसँगै सिरकको कमी भएको थियो। त्यो पनि केही सहयोग मिलेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.