|
सांकेतिक तस्बिर ।

ओखलढुंगा : ओखलढुंगामा विद्युत लाइन मर्मत गर्ने क्रममा बुधबार विहान मोलुङ हाइड्रोका एक कर्मचारीको ज्यान गएको छ। लाइन मर्मत गर्दा विद्युत सर्ट भएर मोलुङ्ग गाउँपालिका १ का परनेश खत्रीको मृत्यु भएको हो। उनी हाइड्रोका सुपर भाइजर थिए।

लाइन मर्मतका क्रममा रहेका उनलाई उद्धार गर्न नसकेका कारण ज्यान गएको हो। उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन्‌।

​उद्धार गर्ने अवस्था नरहेकाले उनको ज्यान गएको हुनसक्ने स्थानीयको अनुमान छ। विद्युत पूर्ण रुपमा प्रवाह नरोकी मर्मत थाल्दा करेन्ट लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

जिल्लामा यसअघि पनि आयोजना र प्राधिकरणले सुरक्षामा ध्यान नदिँदा एक कर्मचारीको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.