|

डडेल्धुरा :  युएईमा जारी आइपिएलको १३ औँ सिजनको पाँचौ खेलमा मुम्बई इण्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर)ले टस जितेर बलिङ रोजेको छ। 

कोलकाता र मुम्बईबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। कोलकाताले जारी सिजनमा पहिलो म्याच खेल्दै छ। मुम्बईले भने पहिलो म्याच चेन्नई सुपर किंग्सविरुद्ध खेलिसकेको छ।

उसले पहिलो म्याचमा सीएकसेविरुद्ध पाँच विकेटले हार ब्यहोरेको थियो। मुम्बई आइपिएल इतिहासको सर्वाधिक सफल टिम हो। उसले हालसम्म सबैभन्दा बढी चार पटक आइपिएल उपाधि जितेको छ।

केकेआरले हालसम्म दुई पटक आइपिएलको ट्रफी आफ्नो पक्षमा पारेको छ। दुबै टोली बलियो देखिएकाले आजको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ।

मुम्बई इण्डियन्सको प्लेइङ ११

रोहित शर्मा (कप्तान), क्विन्टन डीकक (विकेटकिपर), सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, जेम्स प्याटिन्सन, राहुल चहर, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह

केकेआरको प्लेइङ ११

शुभमन गिल, सुनील नारायण, नितीश राणा, इयोन मोर्गन, दिनेश कार्तिक (कप्तान), आन्द्रे रसल, निखिल नाइक, प्याट कमिन्स, कुलदीप यादव, सन्दीप वारियर्स र शिवम माभी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.