|

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३५ केजी लागुऔषध चरेससहित दुई महिलालाई पक्राउ गरेको छ। 

मकवानपुर जिल्ला मनहरी नगरपालिका-९ की ४० वर्षीया शान्ति तामाङ र दाङ त्रिभुवन नगरपालिका-७ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका-९ बानियाँभार बस्दै आएकी बस्ती घर्ती पक्राउ परेका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका छन्‌।

​उनीहरूले बुधवार दिउँसो २ बजे यो लागुऔषध भारततर्फ लैजान लागेका थिए। नेपाल-भारत सीमादेखि तीन सय मिटर उत्तरतर्फ खानतलासी गर्दा उनीहरू पक्राउ परेका थिए।

चरेस बोक्नका लागी उनीहरूले सुटकेस र ग्यास सिलिन्डर प्रयोग गरेका थिए। ग्यास सिलिन्डरको पिँधमा प्वाल पारी प्लास्टिकले बेरेर चरेस राखेका थिए।

कपिलवस्तु प्रहरीले सोमवार यशोधरा-७ मर्यादापुरबाट लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ गरेको थियो। ब्राउन सुगर बिक्री गर्ने उद्देश्यले सीमावर्ती बजार मर्यादापुर पुगेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सुराकीको आधारमा पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला सोहरतगढ बस्ने वर्ष २५ को नियाज धुनिया र वर्ष २० को अजमेरी धनिया रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर बरामद गरेको छ। उनीहरूले धागोले बेरिएको अवस्थामा आठवटा पोका बनाई प्लास्टिकमा राखी ब्राउन सुगर लुकाएर ल्याएका थिए।

पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.