|

बगरापुर (देउखुरी दाङ) : राप्ती गाउँपालिका वडा नं ६ सगरापुरकी सरिता चौधरीले धानको उत्पादन बढाउँदै कृषि पेशाबाट पनि थोरै जग्गामा राम्रो उत्पादन दिनका लागि स्वर्गद्वारी कृषक समुहका आवद्ध भइन्‌।

​उनले आठ कट्ठा जमिनमा भि एन आर २२४५ र २२३३ जातको धान लगाएकी छिन्‌। कृषि प्राविधिकको नियमित सल्लाह र रेखदेखमा हेर्न लायक धान फलाएकी उनी विगतभन्दा राम्रो र धेरै धान फलेको देखेर खुसीले गद्‌गद्‌ छिन्‌।​​

राप्ती गाउँपालिकाकै वडा नं ४ जनकपुरका नमुना कृषक समुहका सदस्यहरु पनि हर्दिनाथ वर्णशंकर १ र यु एस ३८२ नामको हाइब्रिड धान लगाउँदा साविकभन्दा धेरै उत्पादन भएपछि निकै खुशी देखिन्छन्‌।

देउखुरी उपत्यकामा पनि मसिनो हाइब्रिड धानको उत्पादन शुरू गर्न कृषकका घरघरमा किसान परियोजना पुगेसँगै किसानहरू यतिखेर खुशी देखिएका हुन्‌।

पछिल्लो समय सुपर चाइना ६०१ लगायतका धान खेती गराउन र आम्दानी तथा उत्पादनमा वृद्धि गराउने उद्धेश्यका साथ राप्ती गाउँपालिकामा ज्ञानमा आधारित एकीकृत दिगो कृषि परियोजना किसान २ नेपाल र कठाहामा रहेको चौधरी राइस मिलको सहकार्यमा काम भैरहेको छ।

कृषकको आम्दानीसँगै कृषि उत्पादन वृद्धि गर्न हामीले नयाँ हाइब्रिड धान खेतीको उत्पादन शुरू गरेको तथा साविकभन्दा धेरै उत्पादन भएपछि आफूहरू उत्साहित भएको ज्ञानमा आधारित एकीकृत दिगो कृषि परियोजना किसान २ नेपाल चौधरी राइस मिलका व्यवस्थापक स्यामेश चौधरी बताउँछन्‌।​

नेपाल सरकारले विदेशबाट आयात हुने मसिनो चामललाई नेपालमै उत्पादन गर्ने उद्धेश्यका साथ मसिनो हाइब्रिड धान हर्दिनाथ वर्णशंकर १, यु एस ३८२, भि एन आर २२४५ र २२३३,  यु इस ८०३, यु यस ८०३ को विउ उत्पादन गरी कृषकलाई परियोजनामार्फत वितरण गरिएको हो।

विगतमा अन्य देशबाट आयात हुने मसिनो चामलको आयात परियोजनाको कार्यक्रममार्फत कम हुने र नेपाली कृषकहरुले नै धेरै फल्ने, रोग कम लाग्ने र खाँदा स्वादिलो हुने धानको उत्पादन गर्न उत्साहित हुने कृषि परियोजना किसान २ की एरिया संयोजक सुधा मिश्रले जानकारी दिइन्‌।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.