|
फाइल फाेटाे

पाल्पा : पाल्पामा पहिरोले पुरिएर बिहिवार ६ जना बेपत्ता भएका छन्। 

रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो। हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए।

उनकाअनुसार बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन्। तिन दिनदेखि परेको अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन्। अहिले स्थानीयले उद्दार गरिरहेका छन्। घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। 

अहिले आफूहरू पैदल जाँदै गरेको उनले बताए। त्यहाँ पुग्न करिब २ घण्टा लाग्ने उनले बताए। बाटोमा डोजर परिचालन गरेर सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको उनले बताए।  यस्तै सोही वडाको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएको अध्यक्ष भण्डारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.