|
फाइल फाेटाे

काठमाडौं : स्याङ्जामा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका छन्। 

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका हुन्। एकजनाको शव भेटिएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताहरुको खोजी गरिरहेको छ। 

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका १७ वर्षीय विष्णु परियार रहेको स्थानीय नेकपाका वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले जानकारी दिए।  

घरमा सुतिरहेको अवस्थामा गएराति २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो। पहिरोले दुईवटा घरमा क्षति पुगेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.