|

काठमाडौं : रुपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा दुईजना कोरोना संक्रमतिको निधन भएको छ।

अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज विहान ४ बजे मृत्यु भएको हो। भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए।

यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज विहान ७ बजे मृत्यु भएको हो। असोज १ गते अस्पताल भर्ना भएका उनमा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ। दुवै संक्रमितको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको डाक्टर खनालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.