|
फाइल फोटो

कोरोना भाइरसका कारण युएईमा भइरहेको आइपीएललको १३ औं सिजन खेलाडीका लागि शुरूदेखि नै कष्टपूर्ण भइरहेको छ। अहिलेसम्मका पाँच खेल भएकामा खेलाडीहरू एकपछि अर्को गर्दै चोटग्रस्त बनिरहेका छन्‌।

​खेलाडीहरू लगातार घाइते हुन थालेपछि आइपीएल प्रतिष्पर्धाका हिसाबले भन्दा पनि चोटका कारण चूनौतीपूर्ण बन्ने जोखिम बढेको छ।

यस बीच सनराइजर्स हैदराबादका अलराउन्डर मिशेल मार्श एंकल इन्जुरीका कारण प्रतियोगिताबाट निस्किएका छन्‌। उनलाई रोयल च्यालेन्जर्स बैंगलोर विरुद्धको खेल खेल दौरान चोट लागेको थियो। उनको स्थान अहिले वेस्टइन्डिजका जेसन होल्डरले लिएका छन्‌।

​मिशेललाई चोट लागेपछि सनराइजर्सले ट्वीटमा लेखेको छ, 'मिशेल मार्श चोटको कारण टिम बाहिर भएका छन्। हामी उनी चाँडो निको हुने अपेक्षा गर्दछौं। उनको स्थानमा जेसन होल्डरलाई आइपीएलल २०२० को लागि छनोट गरिएको छ।'

पहिलो ओभरमा नै चोट

मार्श बैंगलोर विरुद्धको खेलमा पहिलो ओभरको चौंथो बलमा नै चोट बोक्दै  खेलबाट बाहिर भएका थिए। हैदराबादले उक्त्त खेल १० रनले हार्न पुगेको थियो। सनराइजर्शको दोस्रो खेल शनिबार अबुधाबीमा हुँदैछ। 

अश्विन पनि चोटग्रस्त 

दिल्ली क्यापिटल्सका रविचन्द्रन अश्विन पनि आइतबार किंग्स इलेवेन पन्जाब विरुद्धको खेलमा घाइते भए।

एजेन्सीहरूका अनुसार उनले काँधको चोट बोक्न पुगेका छन् । जसका कारण उनले केही खेल गुमाउँने संभावना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.