|

काठमाडौं : भूकम्पपछिको पुन:निर्माणमा सघाउने भनी गरेको प्रतिबद्धता बमोजिम भारतले नेपाललाई एक अर्ब दुई करोड ९१ लाख रुपैयाँको चेक दिएको छ। 

भारतीय दूतावासकी डेप्युटी चिफ अफ मिसन नाम्ग्या खाम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई मंगलबार सो चेक हस्तान्तरण गरेकी हुन्। 

भारतले आवास परियोजनाका लागि करिब १८ अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर) अनुदान र सहुलियतपूर्ण ऋण दिने प्रतिबद्धता जनाएको थियो।

नुवाकोट र गोरखामा ५० हजार घर बनाउन सहयोग प्रतिबद्धता जनाइएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.