|

दाङ : कोरोना महामारी नियन्त्रणका लागि विद्यालय बन्द गरिएपछि विद्यार्थीले शिक्षककै निगरानीमा नियमित पढ्न पाएनन्‌। लामो समयसम्म घरमा बसेका कारण पढेका अधिकांश कुरा बिर्सेपछि अहिले तीन कक्षामा पढ्ने विद्यार्थीलाई फेरि एक कक्षाकै पुस्तक पढाउनुपर्ने अवस्था देखिएको छ। 

लामो समय बन्द गरिएका विद्यालय खोलिएपनि विद्यार्थीहरूले यसअघि सिकेका धेरै कुरा बिर्सेपछि तल्लो कक्षाका पाठ्यपुस्तक पढाउनुपर्ने बाध्यता बनेको हो। सरकारले सिकाई निर्देशिका २०७७ जारी गरेँसगै सामाजिक दूरी कायम राखेर शैक्षिक संस्थामा पठनपाठन थालिएको छ।

महामारीको अन्त्यको टुङ्गो नलागेपछि स्थानीय तहहरूले पठन–पाठनलाई निरन्तरता दिन सहजीकरण गरेका छन्‌। विद्यालयहरूमा स्वास्थ्य मापदण्ड अपनाएर पठन –पाठन थालिएको छ। दाङका १० वटै स्थानीयतहका शैक्षिक संस्थाहरू खुल्न थालेका छन्‌। तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयहरू पनि सञ्चालनमा ल्याइएको छ। 

लामो समयपछि खुलेका कारण विद्यार्थीहरू खुशी हुँदै विद्यालय त आएका छन्‌, तर  लामो समयपछि विद्यालय संचालन हुँदा विद्यार्थीहरूले पहिले पढाएको सबै कुरा बिर्सिएका एक शिक्षकले बताए। ‘लामो समय सम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरूले सबै कुरा बिर्सेका छन्,’ उनले भने, ‘अहिले कक्षा ३ मा पढ्ने विद्यार्थीलाई कक्षा १ को विषय पढाउनुपर्ने अवस्था छ। लामो विद्यालय बन्द हुँदा धेरै विद्यार्थीहरूको सिकाई अवस्था नाजुक बनेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.