|

आइपिएल अन्तरगत छैटौं खेलमा किंग्स इलाभेन पञ्जाब र रोयल्स च्यालेन्जर्स बैंगलोर आज प्रतिस्पर्धा गर्दै छन्।

पछिल्लो ४ खेलमा बैंगलोर पञ्जाबविरुद्ध हावी हुँदै आएको छ। जहाँ दुबईमा २०१४ मा यी दुई टिमबीच एक खेल भएको थियो। जसमा पञ्जाबले जित हासिल गरेको थियो। जारी प्रतियोगिताको सुरुवात भने बैंगलोरले जितबाट गरेको छ। पञ्जाव भने दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो।

पञ्जावमा गेलको पुनरागमनको अपेक्षा

आफ्नो पूर्व क्लबविरुद्ध क्रिस गेलले आज पञ्जावका लागि पुनरागमन गर्ने सम्भावना छ। पहिलो खेलमा टिममा नरहेका गेल दोस्रो खेलमा सहभागी हुने एजेन्सीहरुले जनाएका छन्।

पञ्जाबका लागि कप्तान केएल राहुलसँगै अनुभवी वेस्ट इंन्डिज स्टार गेल तथा अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको टिम पूर्ण रुपमा विश्वासमा रहेको छ। गेलले लिग इतिहासमै सर्वाधिक ३ सय २६ छक्का र सर्वाधिक ६ शतक लगाएका छन्। बलिङमा भने  मोहम्मद शमीमा विश्वास रहने छ। 

कोहली सर्वाधिक रनकर्ता

आरसिबीमा विराट कोहलीबाहेक एबी डिविलियर्स र एरोन फिन्च जस्ता स्टार ब्याट्सम्यान छन्। त्यस्तै क्रिस मोरिस, मोइन अली तथा वाशिंगटन सुन्दर अलराउन्डरका रुपमा टिमको जिम्मेवारीमा रहने छन्।

त्यस्तै युजवेन्द्र चहल तथा उमेश यादवले बलिङको जिमेवारी समाल्ने छन्। कोहलीले आइपिएलमै सर्वाधिक ५ हजार ४ सय १२ रन बनाएका छन्। त्यसैले गेल र कोहली भिड्न्तका रुपमा समेत यो खेल रहने छ। 

यी दुई रेकर्ड बन्न सक्छन्

पञ्जाबका कप्तान लोकेश राहुल (केएल) ले यो खेलमा २ रन बनाएमा आइपिएलमा २ हजार रन पूरा गर्ने छन्। त्यस्तै आरसिबीका डेल स्टेनले ३ विकेट लिएमा आइपिएलमा १ सय विकेट लिने १५ औं खेलाडी हुने छन्। 

महँगा खेलाडीको लडाइँ

आरसिबीमा कप्तान कोहली मँहगा खेलाडीका रुपमा रहने छन्। उनी एकै सिजनमा १७ करोड कमाउँछन्। उनीपछि एबी डिविलियर्स सर्वाधिक कमाउनेमा पर्छन्। उनले यो सिजन ११ करोड कमाउने छन्। त्यस्तै पञ्जाबका कप्तान लोकेश राहुल ११ करोड कमाउँदा ग्लेन म्याक्सवेलले एकै सिजनमा १०.७५ करोड भारतीय रुपैयाँ कमाउने छन्। 

हेड टु हेड

पञ्जाब र बैंगलोरबीच आइपिएलमा कडा भिडन्त हुँदै आएको छ। अहिलेसम्म भएका कुल २४ खेलमा दुवै टिमले समान १२-१२ खेलमा जित हासिल गरेका छन्। यद्धपि पछिल्लो दुई सिजनमा पञ्जावबले जित हासिल गर्न सकेको छैन। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.