|

काठमाडौं  :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ। मन्त्रिपरिषद् पुर्नगठन चर्चा चलिरहेको अवस्थामा बिहीबार बिहान दुई अध्यक्षबीच भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ।

दुई नेताबीचको भेटावार्ता मन्त्रिपरिषद् पुनर्गठनमै केन्द्रित रहेको स्रोतले जनाएको छ। दुई नेताबीचको भेटवार्तामा हालका केही पुराना मन्त्रीहरुलाई बिदा गरेर नयाँ मन्त्रीलाई अवसर दिनेबारे कुराकानी भएको बताइएको छ।

यसअघि मंगलबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले नै मन्त्रिपरिषद् पुनर्गठन अघि बढाउने निर्णय गरेको थियो। तर हाल रहेका सबैलाई बिदा गर्ने, कार्यक्षमताका आधारमा बिदा गर्ने र विवादितलाई मात्रै बिदा गर्ने विषयमा नेताहरुबीच सहमति जुटिसकेको छैन। 

अहिले सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्रालय खाली रहेका छन्। यी दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैंले लिएका छन्। केही दिनअघिको सचिवालय बैठकले  स्थायी कमिटीको निर्णयअनुसार मन्त्रिपरिषद् पुर्नगठन गर्ने निचोड निकालेको थियो। 

मन्त्रिपरिषद् बस्दै 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद् पुनर्गठनको चर्चा भइरहेका बेला बेला प्रधानमन्त्रीले बोलाएको बैठकलाई अर्थपूर्ण मानिएको छ।

मन्त्रिपरिषद् बैठक अन्य बेला झैँ साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्‍ने छ। यो बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बतायएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.