|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना मुक्त भएका छन्। गत भदौ २३ गते कोरोना पोजेटिभ रिपोर्ट आएकोमा गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो। 

कोरोना पोजेटिभ भएसँगै चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए। कोइराला केही दिनअघि स्वास्थ्यावस्था सामान्य भएपछि होम आइसोलेसनमा फर्किएका थिए। 

रिपोर्ट नेगेटिभ आए पनि अझै केही दिन होम आइसोलेसनमै रहने उनले बताएका छन्। त्यसपछि मात्रै पार्टीको नियमित काममा फर्कने उनले जानकारी दिएका छन्। 

उनले आफ्नो स्वास्थ्यबारे चासो, चिन्ता र शुभेच्छा राख्‍ने र उपचारमा संलग्‍न चिकित्सक टिमलाई धन्यवाद पनि दिएका छन्। 

‘मेरो स्वास्थबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थ लाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, पार्टीका साथीहरू, पत्रकार मित्रहरु र उपचारमा संलग्‍न चिकित्सक टिमलाई पुनः हृदयदेखि नै धन्यवाद दिन्छु', उनले भनेका छन्, 'स्वाव परीक्षणमा मेरो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ। चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेसनमै रहेर त्यसपछि पार्टीको नियमित काममा फर्कने छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.