|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी पहिरो पीडित परिवारहरुलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमार्फत काँग्रेसले पछिल्लो पटक स्याङ्जा, पाल्पा र कपिलवस्तुमा भएका बाढी पहिरोका घटनाप्रति दुख व्यक्त गर्दै वेपत्ताहरुको खोजी कार्यमा तीव्रता दिन, पीडित परिवारहरुलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको हो।

अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ तमादीमा आज विहान गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन्।

त्यसैगरी स्याङजाकै कालीगण्डकी गाउँपालिका वडा नं. ४ मा १ जनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता छन्। कपिलवस्तुको बनगाई-डोहोट सडकखण्ड अन्तर्गत कोइली खोलामा पजेरो जीप खोलाले बगाउँदा १ जनाको मृत्यु र १ जना बेपत्ता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.