संक्रमितको वर्गीकरण गरी उपचार गरौं : विज्ञ

|

काठमाडौं : बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले सक्रिय कोरोना संक्रमित २५ हजार पुगेमा पुनः लकडाउन गर्नलाई सिफारिस गरिने बताएका थिए।

कोरोना संक्रमण दर तीव्र भएको र सबै सेवा, अवस्था जटिल बन्दै गएको र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको गौतमले जानकारी दिए।​

हिन्दु धर्मावलम्बीको चाड महान पर्व दशै नजिकै आएको छ। संक्रमणको दर बढिरहँदा काठमाडौं उपत्यका छोड्ने मानिसको चाप बढदै गएको हो। कोरोनाको त्रास बढेपछि काठमाडौं छोड्ने र भित्रिने आफ्नो रोजगार र व्यवसाय सञ्चालन गर्नलाई प्रवेश गर्न थालेका छन्।

कोरोना परीक्षण गर्न आउनेको संख्या दैनिक बढिरहँदा सरकारी अस्पतालले तिनीहरुलाई व्यवस्थापन गर्न नसकेको देखिएको छ। सरकारले परीक्षण गरीने मापदण्ड तयार नगर्दा उपत्यका प्रवेश नाकामा स्वाब संकलन गर्न सकेको छैन। परीक्षणमा कमजोर व्यवस्थापन रहेकोले जनघनत्व बढी भएको ठाउँमा संक्रमणको दर बढने सम्भावना रहेको छ।  

संक्रमणको दर बढिरहँदा स्थानीय तहले कन्टयाक ट्रेसिङको काम गरेको भएपनि त्यसको खासै प्रभावकारिता देखिएको छैन। दैनिक बढिरहेको संक्रमितको तथ्यांकलाई अध्ययन गर्दा कन्टयाक ट्रेसिङ हुन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय हरुले संक्रमित प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।  

जनस्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमणको दर बढीरहेको छ। अहिले विभिन्न जिल्लामा बढिरहेका संक्रमितको संख्या निषेधाज्ञा भन्दा अगाडिको र निषेधाज्ञा खोलेपछिको प्रभाव अझैसम्म नदेखिएको स्वास्थ्य मन्त्रालयले दाबी गर्दै आएको छ।

'संक्रिय संक्रमित बढी भएको  ठाउँमा लकडाउन हुन्छ'

दिनप्रतिदिन संक्रमणको दर बढि रहेकोले अस्पतालमा उपचार गराउन आउने संक्रमितको संख्यालाई अस्पताल थेग्न नसक्ने अवस्था पुग्न लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। सरकारसँग २५ हजार संक्रमितको  मात्र उपचार गर्ने भौतिक सुविधा रहेको उनले जानकारी दिए। संक्रमितको संख्या उच्च रहेको स्थानमा सरकाले पुनः लकडाउन गर्न सक्ने उनको भनाइ छ।

'संक्रमितको उपचार गर्नलाई भएपनि वा संक्रमणको संख्या नबढोस् भन्नलाई लकडाउन गर्न सकिन्छ,' थाहाखबर सँग गौतमले भने,' उपचार गर्नलाई अस्पतालको अभाव हुँदै गएको छ। सरकारले सकेसम्म सबैको उपचार गर्छ  तर, चिकित्सक र आइसियुको अभाव हुन सक्छ। विज्ञ चिकित्सक र भेन्टिलेटर जस्ता मेडिकल उपकरण तत्काल निर्माण गर्न असम्भव छ।'

परीक्षणको दर अत्यधिक मात्रामा बढाइएको उनले बताए। बाहिर हल्लामा आएजस्तो परीक्षण सामग्रीको अभाव नभएको उनको जिकिर छ। सर्वसाधारणले सावधानी नअपनाउँदा केही दिनदेखि यता संक्रमितको संख्या बढीरहेको उनले प्रस्ट पारे।

सरकारले अनुमान गरे भन्दा संक्रमणको दर नबढेको उनले स्पष्ट पारे। यहि दरमा बढदै जाने हो भने २५ हजार सक्रिय संक्रमित अबको केही हप्तामा पुग्न सक्ने उनको दाबी छ। नेपालमा मृत्युदर बढदै मा अहिले पनि कोरोनाले भयावह अवस्था नलिएको उनले सुनाए।

'गाउँमा भन्दा पनि सहरी क्षेत्रमा संक्रमण दर बढिरहेको छ,' प्रवक्ता गौतमले भने,' सहरमा सामाजिक दूरी कायम छैन। मानिसको आवतजावत बाक्लै छ। मुख्य कुरा मास्क र सामाजिक दूरी नै रहेको छ।'

'कोरोना नियन्त्रण लकडाउन विकल्प होइन'

संक्रमण बढिरहेको तथ्यांक लाई हेर्दा नेपालमा कोरोना नियन्त्रण बाहिर नगएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे बताउँछन्। संक्रमणको ग्राफलाई अध्ययन गर्दा ठाडो गएपनि त्यसको पुनः तल झर्ने क्रम पनि जारी रहेको उनको भनाइ छ।

कोरोना नियन्त्रणको लागि लकडाउन मात्र विकल्प नरहेको उनले प्रस्ट पारे। सामाजिक दूरी कायम र मास्कको प्रयोग सबैभन्दा भरपर्दो उपाय रहेको उनको भनाइ छ।

'कोरोना नियन्त्रणको लागि परीक्षणको दायरा बढाउनुपर्छ, ' उनले भने,' आइसोलेसनमा राख्नुपर्छ। सक्रिय संक्रमित बढन नदिन लाई बढीभन्दा बढी परीक्षण गर्नलाई स्थानीय सरकारले भूमिका बढाउनुपर्छ। ' १० प्रतिशतको ट्राभल हिस्ट्री भएकामा कोरोना देखिएको उनले जानकारी दिए। ट्राभल हिस्ट्री नभएका मानिसमा पनि देखिएका छन त्यसरी आत्तिनु पर्ने अवस्था नआएको उनले सुनाए।

'चाडबाडमा स्वास्थ्य मापदण्ड लागू गर्न कडा नीति बनाऔ'

सरकारले मुलुकभर भएका २५ हजार संक्रमितको मात्र उपचार गर्न सकिने भन्नु अव्यवहारिक निर्णय हुने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन्। प्रदेश अनुसार संक्रमितको वर्गीकरण गरी उपचार गर्नलाई उनले सुझाए। उपचार केन्द्र बनाउनलाई सरकारले ठोस कदम चाल्नुपर्ने उनले धारणा व्यक्त गरे।

'पछिल्लो समय संक्रमित बढिरहेको बेला संक्रमणको पहिचान गर्नलाई एन्टिजेन विधिलाई तत्काल लागू गरि परीक्षणको दायरा बढाउनु पर्छ। लामो दूरीको यातायात र उडान सञ्चालन हुन थालेपछि बसस्टप र विमानस्थलमा परीक्षण गरिनुपर्छ,' उनले भने,' चाँडो नतिजा आउने गरेको छ। संक्रमण छ भने बाहिर जान पाउँदैनन्। नत्र बाहिर जाँदा भयावह हुन सक्छ।'

दशैँमा बढी भिडभाड हुन्छ ठूला बडा को आशीर्वाद लिन जाँदा वृद्ध मानिसलाई असर पर्न सक्ने भएकोले त्यसमा स्वास्थ्य मापदण्ड अपनाउन को लागि कडा नियम लागू गर्नलाई उनले सुझाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.