सहुलियत नदिएकोमा यातायात व्यवसायीको गुनासो

|

काठमाडौं : आउँदो बुधबारदेखि काठमाडौंमा २० वर्ष पुराना गाडी चल्न प्रतिबन्ध लगाइएको छ। काठमाडौंमा मंगलबारपछि २० वर्ष पुराना गाडी चल्न नपाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डेले जानकारी दिए।

'२० वर्ष पुराना भाडाका सवारी साधनलाई नचलाउन मंगलबारसम्मको ताकेता गरिएको छ, बुधबार पनि चलाइएमा कारबाही हुनेछ' विभागका प्रवक्ता पाण्डेले थाहाखबरसँग भने 'बुधबार सडकमा आउने त्यस्ता गाडीलाई ट्राफिकले उठाउने छ।'

मन्त्रिपरिषदले पुराना गाडी हटाउने निर्णय गरेको २ वर्षपछि यातायात व्यवस्था विभागले बुधबारदेखि यो नियम कडाईका साथ लागु गर्न लागेको हो। यस्ता गाडी काठमाडौंका सडकमा गुडाएमा नियन्त्रणमा लिन ट्राफिक प्रहरी महाशाखामा पत्राचार गरिएको प्रवक्ता पाण्डेले बताए। काठमाडौंमा यस्ता गाडी करिब दुई हजार वटा रहेका छन्। 

ट्राफिक प्रहरीले भने अहिलेसम्म आफूहरुलाई पुराना गाडी चलाउन नदिन जानकारी नआएको बताए। '२० वर्ष पुराना गाडी हटाउने विषयमा हामीलाई अहिलेसम्म जानकारी आएको छैन, त्यसैले यस विषयमा हामीले केही सोचेका छैनौ' ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेतले भने 'निर्देशन आएमा कार्यन्वयन गराउन समस्या हुने छैन।'

अन्योलमा यातायात व्यवसायी

विभागले बुधबाराट यस्ता गाडी चलाउन रोक लगषाएपछि यातायात व्यवसायी भने अन्योलमा परेका छन्। 'चलाउने वा नचलाउने, नदिएमा के गर्ने भन्ने विषयमा निर्णय लिन सकेका छैनौ अहिले पनि छलफलमा छौं' राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने। उनले २० वर्ष पुराना गाडी हटाउन व्यवसायी तयार भएपनि आवश्‍यक सहुलियत माग्दा समेत राज्यले नदिएको गुनासो गरे। 'अहिले त नयाँ गाडि किनिहाल्न सक्ने अवस्था पनि छैन, बैंकले ऋण नै दिदैनन्, यता राज्यले गाडी चलाउन दिदैन, न कुनै छुटको व्यवस्था गर्‍यो' उनले थपे।

२० वर्ष पुरा गाडी चलाउन रोक्दा व्यवसायीको एक खर्ब भन्दा बढीको क्षति हुने सिटौलाले बताउछन्। उनले आवश्यक सहुलियत दिनको लागि समेत सरकारसँग माग गरेका छन्। 

धेरै धुवाँ फाल्ने भएकाले प्रदुषण नियन्त्रणका लागि पुराना गाडी प्रतिबन्ध लगाउन खोजिएको यातायात व्यवस्था विभागका प्रवक्ता पाण्डे बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • ke yo sachikai lagu huncha ki ghus khane arko rananiti ho ?????