|

डडेल्धुरा : डडेल्धुरामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–२ का ४८ वर्षीय मृतक पुरुषको शव अमरगढी नगरपालिका–११ स्थित रडुवाखोलामा नेपाली सेनाले व्यवस्थापन गरेको हो।

रण बम गणबाट खटिएको सेनाको टोलीले मृतक पुरुषको शव बिहीबार दिउँसो व्यवस्थापन गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। 

उनका अनुसार नेपाल सरकारको शव व्यवस्थापन निर्देशिका अनुसार नै ती पुरुषको शव व्यवस्थापन गरिएको हो। भारतबाट दुई दिनअघि मात्रै आएका मृतकलाई भारतमै कोरोना संक्रमण पुष्टि भएको खुलेको छ।

संक्रमण भएपछि उनी कञ्चनपुरको त्रिनगर नाका भएर सोझै नवदुर्गा गाउँपालिका–२ स्थित आफ्नो घर गएका थिए। तर, २ दिनपछि श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल ल्याइएको थियो। अस्पताल पुगाउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्लामा कोरोनाबाट यो पहिलो मृत्यु हो। मृत्युपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

संक्रमितको मृत्युपश्चात गाउँ सिल गरेर उनको सम्पर्कमा आएकाहरुको खोजी गरिँदैछ। वडा नम्बर २ को कार्यायले सूचना जारी गर्दै आवतजावत नहुनेगरी वडा सिल गरिएको जनाएको छ। पूर्वमा बेडपानी खोला, पश्चिमको बुङडा गाड, उत्तरमा अशिग्राम देवस्थल र दक्षिणमा रडुवा खोला लामाखेत गाडसम्म सिल गरिएको वडाअध्यक्ष रघुनाथ भट्टले जानकारी दिए।

त्यस्तै उनको सम्पर्कमा आएकाहरुको लगभग खोजी भइसकेको प्रजिअ जानकारी दिए। उनको सम्पर्कमा आएकाहरुको संख्या धेरै नभएको र उनीहरुलाई ५ दिन क्वारेन्टाइन बसाएपछि स्वाब संकलन गरिने उनको भनाइ छ।

कोरोना संक्रमित मृतकको शव यसरी व्यवस्थापन गर्छ सेनाले। हेर्नुहोस् केही फोटोहरु

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.